तीन खेलाडीले बाँडे प्रिमियर लिग ‘गोल्डेन बुट’

खेलकुद

Yugnepal     710 पटक पढिएको    

तीन खेलाडीले बाँडे प्रिमियर लिग ‘गोल्डेन बुट’

 तीन खेलाडीले बाँडे प्रिमियर लिग ‘गोल्डेन बुट’
एजेन्सी । इङ्लिश प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीले बाँडेका छन् । आइतबार सम्पन्न भएका अन्तिम खेलहरुसँगै लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले बाँडेका हुन् । तीनै खेलाडीले लिगमा समान २२ गोल गरेका छन् । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए ।

अघिल्लो सिजन गोल्डेन बुट जितेका सलाहले यो सिजन पनि जित्न सफल भएका थिए । 



मङ्गलबार ३१, बैशाख २०७६ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.