टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक

युग संवाददाता     415 पटक पढिएको    

टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।

एक महिनामा ३४ खेल हुनेछन्। सबै खेल डबल राउन्डमा हुने क्यानले जनाएको छ। लिगको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणका प्रत्येक खेल दिनमा दुई वटा हुनेछन् भने प्लेअफको खेल दिनमा एउटा मात्र हुनेछ।



शनिबार ०३, मङि्सर २०७९ ०४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal