गगन अयडी
धनगढी, कात्तिक ३० यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका निम्ति स्थानीय सरकार लगायत सरोकारवाला निकायलाई संवेदनशिल बन्न आग्रह गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको एक्लो प्रयासले मात्र मुद्धाहरु स्थापित नहुँने हुँदा स्थानीय सरकार तथा सरोकारवाला निकायले जाग्नुपर्ने आग्रह गरेको छ । निलहिरा समाज ९ब्लु डामण्ड सोसाइटी० ले बुधबार धनगढीमा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो । निलहिरा समाजकी अध्यक्ष पिकीं गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्धामा हरेक तहतप्कामा छलफल गर्न आवश्यक रहेको बताए । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकारका विषयमा कानुनी व्यवस्था हुँदा पनि धेरैलाई थाह नहुँदा कार्यान्वयन गर्न समस्या हुने गरेको छ’, उनले भने । ‘यसका लागि स्थानीय सरकार लगायत सबै निकाय जाग्न आवश्यक छ ।’ कार्यक्रममा निलहिरा समाजका कार्यक्रम संयोजक सञ्जय शर्माले मानवअधिकारको विषयमा संवेदनशिल भैदैन तवसम्म समाजमा हिंसा र विभेदका घटना नरोकीने बताए । उनले स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मुलधारमा ल्याउन प्रत्येक वडाले यौनिक तथा लैंगिक अल्पसंख्यक समन्वय केन्द्र बनाएर यो समुदायका अधिकारहरुको सम्बोधन गर्न आग्रह गरे । उनले निलहिरा समाजले देश भर आफ्नो कार्यक्रमहरु सञ्चालन गरिहरहेको बताए । ‘निलहिरा समाजका देश भरका सात प्रदेश र विभिन्न सहरमा ३५ वटा शाखा रहेका छन्’, उनले भने । ‘यी कार्यालयहरुमा ७ सय ५० कर्मचारीहरु कार्यरत रहेका छन् ।’ मानव अधिकार उल्लघंन, मिडियासंग वकालत, काठमाण्डौँ र कर्णाली प्रदेशमा कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनले बताए । यी लगायत जनचेतनाका कार्यक्रहरु, क्षमता अभिवृद्धिका कार्यक्रहरु, धार्मिक गुरुसंग वकालत र अध्ययन अनुसन्धान समेत गरिरहेको शर्माले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् । संविधानमा आफ्नो समुदायका अधिकारका कुराहरु उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको बताएका थिए । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरुलाई हरेक सरकारी निकायमा सेवा लिन समेत समस्या हुने गरेको शर्माले जनाएका हुन् । कार्यक्रममा सरकारी तथा गैर सरकारीका प्रमुख एंव प्रतिनिधि लगायत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस