आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

युग संवाददाता     134 पटक पढिएको    

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  संभावना रहेको छ।

आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  संभावना रहेको छ।



शनिबार २६, कार्तिक २०७९ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.