पीएम कप : सुदूरपश्चिमको पहिलो जित

युग संवाददाता     178 पटक पढिएको    

पीएम कप : सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको १५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रनको योगदान गरे । यस्तै शेर मल्लले अविजित ३४ रन बनाउँदा राजु रिजालले अविजित २४ रन बनाए । कर्णालीका लागि रविन्द्र शाहीले तीन विकेट लिए । त्यस्तै दिवन पुनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तिले ७० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सुवास एयरले २४ रन बनाउँदा हिमान्सु शाही १२ रनको योगदान गरे । सुदूरपश्चिमका लागि नारायण जोशीले चार विकेट लिए । सुदूरपश्चिमले प्रतियोगितामा सान्तोना जित निकालेको छ । समूह १ को सुदूरपश्चिमले चार खेलमा २ अंक जोडेको छ । कर्णाली तीन खेलमा अंक विहीन रहँदै पुछारमा छ । कर्णालीको यो लगातार तेस्रो हार हो । 



सोमबार २१, कार्तिक २०७९ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.