सुदूरपश्चिमका आनन्द कामीले करातेको कुमितेमा जिते स्वर्ण पदक

युग संवाददाता     245 पटक पढिएको    

सुदूरपश्चिमका आनन्द कामीले करातेको कुमितेमा जिते स्वर्ण पदक

पर्वत / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् । उनी सुदूरपश्चिमलाई कराते तर्फ स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । फाईनल प्रतिस्पर्धामा बाग्मती प्रदेशका खेलाडीलाई पराजीत गर्दै उनले स्वर्ण पदक जितेका छन् ।

पर्वतको कुस्मामा जारी कराते तर्फको प्रतिस्पर्धामा बर्षा साउँदले महिला तर्फको एकल कातामा एउटा कास्य र कुमिते(फाईट) तर्फ एउटा कास्य पदक जितेकी छन् ।

त्यसैगरी ४५ किलो तौल समूहमा बर्षा साँउद, ५५ किलो तौल समूहमा प्रदिप बैजाली मगर, ६० केजी तौल समूहमा खड़क थामीमगर र ५० किलो तौल समूहमा गरिमा मल्लले सुदूर पश्चिमलाई एक/एक कास्य पदक दिलाएकी छन् ।

स्वर्ण पदक जितेका आनन्द कामीलाई आठौं साफका पदकधारी मकेन्द्र सिंहले सम्मान स्वरुप पाँच हजार रुपैया प्रदान गरेका छन् ।



बुधबार ०२, कार्तिक २०७९ १२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.