महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

युग संवाददाता     698 पटक पढिएको    

महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

पोखरा / महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ।

सुदूरपश्चिमबाट महिला कुस्तीतर्फ ५० किलो तौल समूहमा दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनीषा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन्।

त्यसैगरी, नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे।



मङ्गलबार ०१, कार्तिक २०७९ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal