भारत्तोलनमा सदूूरपश्चिमलाई स्वर्ण

युग संवाददाता     252 पटक पढिएको    

भारत्तोलनमा सदूूरपश्चिमलाई स्वर्ण

काठमाडौँ / नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् । उनले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा एक सय सात गरी कुल एक सय ९७ केजी भारबहन गरे ।

यस्तै नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जिते । अशोकले स्न्याचमा ८१ र क्लिन एण्ड जर्कमा एक सय आठ गरी कुल एक सय ८९ केजी भारबहन गरेको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले बताए ।

राहुलले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा एक सय पाँच गरी कुल एक सय ८८ केजी भारबहन गरेका थिए । त्यसअघि सम्पन्न तीन खेलमा नेपाल आर्मीले दुई र नेपाल पुलिसले एक स्वर्ण थपेको छ । हालसम्म सम्पन्न आठ इभेन्टतर्फ विभागीय टिम नै हाबी छन् । जसमध्ये पुलिसले चार, आर्मीले तीन र सुदूरको एक स्वर्ण आएको छ ।



मङ्गलबार ०१, कार्तिक २०७९ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.