११ वर्षपछि पहिलो पटक दुवै इंगलिश टोलीबीच उपाधि भिडन्त

खेलकुद

Yugnepal     666 पटक पढिएको    

११ वर्षपछि पहिलो पटक दुवै इंगलिश टोलीबीच उपाधि भिडन्त

टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा, लुकासको ह्याट्रिक 
११ वर्षपछि पहिलो पटक दुवै इंगलिश टोलीबीच उपाधि भिडन्त 

काठमाडौं । इंगलिश प्रिमियर क्लब टोटनह्याम हट्सपर पहिलो पटक युएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइलमा डच क्लब आयाक्स एम्सटरडमलाई पराजित गर्दै टोटनह्यामले यो कीर्तिमान रचेको हो । 


पहिलो लेगको खेलमा घरेलु मैदानमा १–० गोल अन्तरले पराजित हुँदै ३८ वर्षपछि आयाक्ससंग हारेको टोटनह्यामले दोस्रो लेगको खेलमा आयाक्सकै मैदानमा बुधबार राति ३–२ गोल अन्तरको जित निकाल्दै समग्रमा ३–३ गोलको बराबरी भए पनि अवे गोलका आधारमा टोटनह्याम फाइनलमा पुग्यो । 

पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको टोटनह्यामले दोस्रो हाफमा तीन गोल गरेको थियो । लुकास मौराले ह्याट्रिक गरेसंगै टोटनह्यामले अविश्वसनीय नतिजा निकालेको हो । 

आयाक्सका लागि कप्तान डि लेट र हाकिम जियाचले गोल गरेका थिए । 

 

फाइनल लिभरपुलसंग
जित सहित टोटनह्यामले जुन १ मा स्पेनको मड्रिडमा फाइनलमा अर्को इंगलिश क्लब लिभरपुलसंग खेल्नेछ ।

लिभरपुलले सेमिफाइनलमा बार्सिलोनामाथि यस्तै जित निकालेको थियो । पहिलो लेगमा ३–० ले पछि परेको नतिजा उल्टाएर लिभरपुलले दोस्रो लेगमा ४–० ले जित निकाल्दै समग्रमा ४–३ गोल अन्तरले खेल जितेको थियो । 

यसपटक दुवै सेमिफाइनलमा अविश्मरणीय रहे । ११ वर्षपछि पहिलो पटक दुवै इंगलिश क्लबले फाइनल खेल्न लागेका हुन् । यसअघि सन् २००८ मा म्यानचेष्टर युनाईटेड र चेल्सी फाइनलमा भिडेका थिए । 



बिहिबार २६, बैशाख २०७६ १२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.