इंग्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

युग संवाददाता     205 पटक पढिएको    

इंग्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ।चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफ अर्थात् खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को स्पष्ट जित दिलाएका हुन्। जितसँगै चेल्सी ९ खेलमा १९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। एस्टन १६ औं स्थानमा रहेको छ।



सोमबार ३१, असोज २०७९ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.