नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश

युग संवाददाता     137 पटक पढिएको    

नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश

काठमाडौं / नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औं प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।

यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी व्याटन प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए । प्रहरी ब्याटनमा छनोट गर्नुअघि अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको कार्यदक्षता मूल्याङ्कन टिमले स्थलगत अनुगमन गरेको थियो । स्थलगत रुपमा अनुगमन गरेर प्रदेश र उपत्यका प्रहरी कार्यालयको बिचमा प्रतिस्पर्धा गराउँदा उत्कृष्ट हुने युनिटले प्रहरी व्याटन पाउँछन् । प्रतिस्पर्धामा प्रदेश–१ प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

प्रदेश प्रहरी कार्यालय, सो मातहतको जिल्ला, दंगा, गण, चौकी र ट्राफिक व्यवस्थापनबारे अनुगमन गर्दा डीआईजी  गिरीको कमाण्ड कन्ट्रोल, अफिस व्यवस्थापन र अपराध अनुसन्धान उत्कृष्ट रहेको मूल्याङ्कन समितिको निष्कर्ष छ । समितिको सिफारिसका आधारमा गिरीले ब्याटन पाउन लागेका हुन् । प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले  बताए । उनले भने– ‘उत्कृष्ट काम गर्नेहरुलाई प्रहरी दिवसको असरमा पुरस्कृत गर्छौं ।’



आइतबार ३०, असोज २०७९ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.