आज शुक्रबार सुनचाँदीको मूल्य घट्यो

युग संवाददाता     296 पटक पढिएको    

आज शुक्रबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ।

बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



शुक्रबार २८, असोज २०७९ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal