खेलाडीलाई ट्र्याक सुट वितरण

युग संवाददाता     256 पटक पढिएको    

खेलाडीलाई ट्र्याक सुट वितरण

धनगढी / गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेको सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याक सुट वितरण गरिएको छ ।

अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा वरिष्ठ कराँते प्रशिक्षक मकेन्द्र बहादुर सिंहले २८ जनाको सो टोलीलाई ट्र्याक सुट वितरण गरेका हुन् ।  ट्र्याक सुट वितरण गर्दै सिहँले आफू कराँते खेलको विकासमा सधैँ लागिपरेको र भविष्यमा समेत सक्दो योगदान गर्ने धारणा व्यक्त गरे ।  सिंहले सो कराँते टोलीलाई नियमित प्रशिक्षण समेत गराएका थिए ।

ट्र्याक सुट वितरण  कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, समितिका कार्यालय प्रमुख दीपक बहादुर सिंह र कराँते प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । कराँते टोली बुधवार पर्वतको कुश्माका लागि प्रस्थान गर्नेछ ।



बुधबार २६, असोज २०७९ ०४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.