नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमको पहिलो जित

युग संवाददाता     152 पटक पढिएको    

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमको पहिलो जित

कास्की / नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा घरेलु टोली प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

६० रनको लक्ष्य सुदूरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि ऋतु कनोजियाले सर्वाधिक २२ रनको योगदान दिइन् । स्नेहा महरा २१ रनमा अविजित रहिन् । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा सृष्टि जैसीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । उसका लागि कप्तान सृष्टि जैसीले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि ऋतु कनोजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले १–१ विकेट लिए । 

यो जितसँगै सुदूरपश्चिमले २ खेलमा २ अंक जोड्दा लगातार दोस्रो पराजय बेहोेरेको गण्डकी अंकविहीन छ । पहिलो खेलमा सुदूरपश्चिम बागमतीसँग ८ विकेट तथा गण्डकी मधेस प्रदेशसँग ४० रनले पराजित भएका थिए ।



मङ्गलबार २५, असोज २०७९ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.