दसैँलगत्तै सुनको मूल्य तोलामा तीन हजारले बढ्यो

युग संवाददाता     147 पटक पढिएको    

दसैँलगत्तै सुनको मूल्य तोलामा तीन हजारले बढ्यो

काठमाडौं / बडादसैँ सकिएलगत्तै सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको छ ।दसैँ बिदा हुनुभन्दा अगाडि यही असोज १४ गते सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । दसैँ बिदापछि पहिलो कारोबार दिन आज (आइतबार) तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।यस दिन चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर कारोबार भएको छ । असोज १४ गते चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो । आज तोलाको एक हजार २५५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।



आइतबार २३, असोज २०७९ ०९:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.