जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सकिने

युग संवाददाता     294 पटक पढिएको    

जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सकिने

काठमाडौं / निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेदवार भई कानुनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउन सक्ने व्यवस्था गरेको छ ।

आयोगले सो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिइएको हो । आयोगले कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेशरजिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो । 



शनिबार २२, असोज २०७९ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal