आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

युग संवाददाता     134 पटक पढिएको    

आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं / हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै  ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश का केही,  कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। 



बिहिबार २०, असोज २०७९ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.