देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै

युग संवाददाता     130 पटक पढिएको    

देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै

काठमाडौं / देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो । हाल देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माणको क्रममा छन् ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख इन्जिनियर उमेश बिन्दु श्रेष्ठका अनुसार अहिले देशभर ठेक्का लाग्न बाँकी र लागेका गरी  एक हजार ५६५ वटा पक्की पुल निर्माणको क्रममा छन् । मुख्य राजमार्ग र सहायक राजमार्गमा यी पुलहरु बन्न लागेको उनको भनाई छ ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख इन्जिनियर उमेश बिन्दु श्रेष्ठका अनुसार अहिले देशभर ठेक्का लाग्न बाँकी र लागेका गरी  एक हजार ५६५ वटा पक्की पुल निर्माणको क्रममा छन् ।जसअन्तर्गत राजमार्गमा बन्न लागेका रणनैतिक सडकअन्तर्गतका ६१० वटा पुल छन् । स्थानीय सडक अन्तर्गतका ९५५ वटा पुल बन्दैछन् । 

यी पुलहरुमध्ये कतिपय निर्माणकै क्रममा छन् भने कतिपय टेण्डर प्रक्रियामा छन् । केहीको टेण्डर हुन बाँकी छ । जसमध्ये निर्माणाधीन पुलको सङ्ख्या ४९१ छ । ठेक्का लाग्न बाँकी रहेको पुलको सङ्ख्या एक हजार १७ छ । रणनैतिक सडक अन्तर्गत ५० वटा पुल निर्माण भएका छन् भने स्थानीय सडक अन्तर्गत १८७ पुल निर्माण सम्पन्न भइ सवारी गुडिरहेका छन् ।

देशभरका ३०० वटा पुल पु्नर्निर्माण गर्नुपर्ने देखिएकामध्ये गत आ.व.सम्म २८२ वटा पुलहरु पुनर्निर्माण गरेर सकिएको उनको भनाइ छ । रुग्ण रहेका ७९ वटा पुल बन्न नसकेकामध्ये गत आवसम्ममा यसको सङ्ख्या ३४ मा झरेको छ । 

महाशाखाका प्रमुख ई. श्रेष्ठका अनुसार ठेकेदार कम्पनीको लापरबाही र विभिन्न खरिद प्रक्रियामा समस्या भएका कारण यी ३४ वटा पुलको आयोजना रुग्ण अवस्थामा छन् । अबको सात महिनाभित्र यीमध्ये १० वटाको काम पनि सम्पन्न हुने उनको भनाइ छ । 

ठेकेदारको लापरबाही र विभिन्न खरिद प्रक्रियाले हाल ३४ वटा पुलहरु लामो समयदेखि अलपत्र छन् । निर्माणको जिम्मा पाएका ठेकेदारले समयमा काम नसकिदँदा, पटक पटक समय थप्दा पनि अनेक बहाना बनाएर पुल निर्माण कार्य अलपत्र पार्दा लागत र समय दुवै बढ्दैगएको उनले बताए ।  जसका कारण केही निर्माण कम्पनीहरुको ठेक्का समेत तोडिएको छ ।  



सोमबार १७, असोज २०७९ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.