मुख्यमन्त्री शाहीले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री अनावरण

युग संवाददाता     140 पटक पढिएको    

मुख्यमन्त्री शाहीले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री अनावरण

सुर्खेत / गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन  हुने नवौं  राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागिय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका छन् । ट्रफी अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस प्रदेशका खेलाडीको लागि महत्वाकांक्षी रंगशाला निर्माण देखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताए ।

ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौं मा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेल मार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लब लगायत सबभन्दा राम्रा खेलाडी पश्चिम् नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे । ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका थिए। 

कार्यक्रममा  बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागि भई स्वर्ण, काँस्य र  रजत  पदक ल्याउने खेलाडीलाई क्रमशः दुई, डेढ र १ लाख नगर पुरस्कार दिने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।



बुधबार १२, असोज २०७९ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.