आज घट्यो सुनचाँदीको मूल्य

युग संवाददाता     115 पटक पढिएको    

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।



मङ्गलबार ११, असोज २०७९ ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.