राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : पूर्व मन्त्री यादव

युग संवाददाता     114 पटक पढिएको    

राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : पूर्व मन्त्री यादव

काठमाडौं, पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै वन मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिबाट फिर्ता पठाउनु देशको लागि दुर्भाग्य भएको उनको भनाइ छ । ‘उहाँ पदीय दायित्वबाट चुक्नुभएको छ । पदीय मर्यादाको हिसाबले उहाँ पदबाट मुक्त हुनुको अरु विकल्प म देख्दिनँ । कि त प्रमाणीकण गर्नुपर्यो कि त पदीय दायित्ववाट मुक्त हुनुपर्यो’ यादवले भने ।

राष्ट्रपति व्यक्ति नभइ संस्था भएको भन्दै राजनीतिक दलको प्रभावमा परेर काम गर्न नहुने बताए । संघीय संसदबाट पारित भइसकेको विद्येयकलाई एमालेले उचालेकै भरमा उनले रोक्न नमिल्ने यादवले बताए ।बारा क्षेत्र नं २ का  निर्वातमान सांसद समेत रहेका यादवले अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकता विद्येयक एमाले विरुद्धको चुनावी एजेण्डा बनाएर जनतामाझ लैजाने बताए ।

बिगतमा केपी ओली सरकारले हुबहु अध्यादेशको रुपमा राष्ट्रपति कहाँ पठाएको विद्येयकमा सर्वोच्च अदालतले ऐन कानुन बनाएर मात्रै गर्नु गराउनु भनेकोले त्यसलाई कानुनी रुप दिन विद्येयक अगाडि बढाएको यादवको भनाइ छ । ‘प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपति कहाँ जादाँ फिर्ता पठाउनु भयो, संवैधानिक हक थियो एकचोटी १५ दिनभित्र फिर्ता पठाउन सक्नुहुन्छ, तर पुनस् संसदले पारित गरेको विद्येयकलाई प्रमाणीकरण गनुपर्ने व्यवस्था छ संविधानमा । त्यसकारण प्रमाणीकरण किन भएन त्यहाँ हाम्रो आपत्ती छ’ ।

सत्तारुढ ५ दलीय गठबन्धन बाँडफाँट कार्यदलका सदस्य यादवले धेरै सिटहरुमा दलहरु बीच सहमति भइसकेको भन्दै केही सिटमा मात्रै सहमति हुन बाँकी रहेको बताए । ‘सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्र अलि फराकिलो बनेर अगाडि बढ्नुपर्छ, गठबन्धनका सबै दलहरुलाई सम्मानजनक स्थान दिनुपर्छ भन्ने हाम्रो माग हो,’ यादवले भने ‘हाम्रो दाबी मधेश हाम्रो ईलाका हो । अन्य क्षेत्रमा हामी लचिलो हुनसक्छौँ, तर मधेश प्रदेशमा कम दिएन, जितेका सिट बाँडेर बाँकीका सिटमा त्यहि अनुपातमा भागवण्डा गरौँ’

आइतबार बारा क्षेत्र नं २ र क्षेत्र नं ३ का संघीय सांसदहरु रामसहाय  प्रसाद यादव र रामबाबु कुमार यादवले जीतपुर सिमरा, कोहल्वी र करैयामाँई सडक खण्डमा पर्ने यसअघि ठेक्का भइसकेको जैतापुर रघुनाथपुर पसाहा पुल र मधुवन खम्वा पसाहा पुलको संयुक्त शिलन्यास गरेका थिए । जैतापुर रघुनाथपुर पसाहा पुल तटबन्ध सहित ४५ करोड र मधुवन खम्वा पसाहा पुलको करिब २६ करोड लगानीमा निमार्ण हुने संघीय सांसद यादवले जनाएका छन् ।



सोमबार १०, असोज २०७९ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.