इजरायलले कृषि क्षेत्रको लागि एक हजार नेपाली कामदार लिने

युग संवाददाता     637 पटक पढिएको    

इजरायलले कृषि क्षेत्रको लागि एक हजार नेपाली कामदार लिने

काठमाडौँ / इजरायलले कृषि क्षेत्रको लागि पनि नेपाली श्रमिक लिने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोदेरले यसबारे जानकारी गराए ।

उनिहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गए ।

यसअघि इजरायलले केयर गिभरको लागि पनि नेपाली श्रमिक लिएको छ । केयर गिभरको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएका थिए । तिमध्ये केही गइसकेका छन् भने केही जान बाँकी छन् ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि इजराय सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे ।

मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरे । त्यस्तै उनले अहिले थुपै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उनिहरुलाई इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गरे।



मङ्गलबार ३१, साउन २०७९ १२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.