ट्रम्पको दाबीमा इरानको अस्वीकारोक्ति, इजरायलसँग युद्धविराम नभएको दाबी

युग संवाददाता     124 पटक पढिएको    

ट्रम्पको दाबीमा इरानको अस्वीकारोक्ति, इजरायलसँग युद्धविराम नभएको दाबी

 

काठमाडौँ । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविरामको समाचारलाई अस्वीकार गरेका छन् । उनले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताए । यदि इजरायलले इरानीहरूमाथिको अवैध आक्रमण रोकेमा, इरानले बदला नलिने उनले बताएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान इरान र इजरायलबीच युद्धविराम भएको दाबी गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका थिए, ‘म यो घोषणा गर्न पाउँदा खुशी छु कि इजरायल र इरानबीच १२ घण्टा अर्थात् अबदेखि ६ घण्टामा पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि हतियार राख्नेछ र त्यसपछि इजरायलले अर्को १२ घण्टाको लागि हतियार राख्नेछ।’

ट्रम्पले गरे इजरायल र इरानबीच युद्धविरामको घोषणा
न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाका प्रवक्ताले युद्धविराम सम्बन्धी ट्रम्पको बयानमा केही पनि भन्न अस्वीकार गरे ।



मङ्गलबार १०, असार २०८२ ०२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal