इरानमाथिको आक्रमणपछि आईएईएद्वारा आपत्कालीन बैठक आह्वान

Yugnepal     125 पटक पढिएको    

इरानमाथिको आक्रमणपछि आईएईएद्वारा आपत्कालीन बैठक आह्वान

 

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था आईएईए ले गभर्नर मण्डलको आपत्कालीन बैठक बोलाएको छ।

आईएईएले आइतबार बिहान जारी गरेको सूचनामा इरानका तीन स्थानहरू फोर्दो, नतान्ज र एस्फाहानमा आक्रमण भए पनि हालसम्म वरपरको क्षेत्रमा विकिरणको मात्रा बढेको कुनै प्रमाण नभेटिएको जनाएको छ। संस्थाले थप जानकारी संकलन भइरहेको र परिस्थिति स्पष्ट हुनासाथ विस्तृत मूल्याङ्कन प्रस्तुत गरिने बताएको छ।

यसअघि, संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीन आणविक स्थलहरूमा सफलतापूर्वक कारबाही सम्पन्न गरिएको जानकारी दिएका थिए। इरानका परराष्ट्रमन्त्री सैयद अब्बास आरागचीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई ुगम्भीरु र ुदीर्घकालीन असर पार्ने घटनाु भनी टिप्पणी गर्दै इरानले सबै प्रकारका विकल्पहरू खुला राखेको स्पष्ट पारेका छन्।


आईएईएका प्रमुख राफाएल ग्रोसीले आक्रमण हुनुअघि शनिबार जानकारी दिँदै इजरायलद्वारा पछिल्ला केही दिनयता एस्फाहानमा रहेको एक ठूलो आणविक केन्द्रमा पुनः आक्रमण भएको र त्यसबाट केही संरचनाहरूमा क्षति पुगेको उल्लेख गरेका थिए। ग्रोसीका अनुसार, ती स्थलहरूमा अधिकांश अवस्थामा आणविक पदार्थ नभएको वा अल्प मात्रामा मात्र रहेको हुनाले वातावरणमा विकिरण फैलिने सम्भावना न्यून छ।

ग्रोसीले एस्फाहानको यो केन्द्र इरानको आणविक कार्यक्रमको एक महत्वपूर्ण हिस्सा भएको र यसमा पटक(पटक आक्रमण हुनु निकै गम्भीर भएको बताए। उनले भने, “यद्यपि अहिलेको मूल्याङ्कनअनुसार बाह्य क्षेत्रमा तत्काल कुनै खतराको सङ्केत देखिएको छैन। तर म बारम्बार दोहोर्‍याउँदै आएको छु — आणविक पूर्वाधारमाथि कहिल्यै आक्रमण हुनु हुँदैन।”



सोमबार ०९, असार २०८२ ०३:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal