आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

युग संवाददाता     243 पटक पढिएको    

आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ / देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।



आइतबार २९, साउन २०७९ ०६:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.