नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी

युग संवाददाता     89 पटक पढिएको    

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताए । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौँमा केही खेल गराउन सक्ने सङ्केत उनले गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आज आयोजित स्पोट्रस डाइलगको पहिलो शृङ्खलामा सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए ।

उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौँसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए । यसैगरी सदस्य सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको लागि खेलाडी छनोटसमेत गरिने बताए । 
 



बुधबार १८, साउन २०७९ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.