भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ

युग संवाददाता     219 पटक पढिएको    

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ / भारतबाट फेरि इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मूल्य घटाएको थिएन ।

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतले इन्धनको मूल्य घटाएर पठाएको हो ।



सोमबार १६, साउन २०७९ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.