विश्वकप लिग टू : नेपालले आज नामिबियाको सामना गर्ने

युग संवाददाता     251 पटक पढिएको    

विश्वकप लिग टू : नेपालले आज नामिबियाको सामना गर्ने

काठमाडौँ / आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो  ३:१५ बजे सुरु हुनेछ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।



शनिबार ३२, असार २०७९ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.