राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद सजाय

युग संवाददाता     292 पटक पढिएको    

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद सजाय

सुर्खेत / राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएको हो । 

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिबाना तोकिएको छ । उनीहरू दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँसमेत जम्मा गर्नुपर्नेछ ।

यसैगरी यौन दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिबाना तोकिएको छ । उनले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसलामा तोकिएको छ ।   

उनीहरूलाई २०७८ जेठ २३ गते पक्राउ गरिएको थियो । बोटेचौरमा रहेको मनबहादुर पुनको होटलमा राउटे दुई जना युवतीलाई लिएर घर्ती र बुढाले २०७८ जेठ २१ गते राति दुर्व्यवहार गरेका थिए । 



शुक्रबार २४, असार २०७९ ०५:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.