पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो

युग संवाददाता     228 पटक पढिएको    

काठमाडौं /  सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।

उक्त निर्णयपछि आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर घटाइएको जानकारी दिए।

योसँगै डिजेल प्रतिलिटर १६३ तथा पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ पुगेको छ। यो मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ।

हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो। 



शनिबार ११, असार २०७९ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.