एन्फाको केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी

युग संवाददाता     758 पटक पढिएको    

एन्फाको केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी

काठमाडौँँ / अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी भएका छन् । अध्यक्षमा निर्बाचित पंकज विक्रम नेम्वाङको टीमबाट उम्मेदवार बनेका मल्ल दोस्रो सर्बाधिक मत ल्याएर एन्फाको केन्द्रीय सदस्यमा निर्बाचित भएका हुन् ।

१३ सदस्यीय खुल्लाका लागि ३२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७) रबिन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३०), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भए ।

त्यसपछि दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना सदस्य बन्नेछन् । यसको टुंगो आसन्न साधारण सभाले लगाउने गरी निर्णय भएको एन्फाले जनाएको छ ।

एन्फामा १९ केन्द्रीय सदस्यहरुमध्ये नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट १२ जना र कर्माछिरिङ शेर्पाको प्यानलको ७ जना छन् । बराबर भोट ल्याउने चार जनामध्ये तीन जना कर्मा प्यानलका छन् ।

निवर्तमान अध्यक्ष शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।



मङ्गलबार ०७, असार २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal