मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

युग संवाददाता     176 पटक पढिएको    

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

काठमाडौँ / मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग  पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे ।  एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो ।

नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल  समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।



शनिबार २१, जेठ २०७९ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.