एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै

युग संवाददाता     1226 पटक पढिएको    

एमाले अध्यक्ष ओलीले  सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै


धनगढी बैशाख २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहीबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभामा सहभागी हुने भएका छन्। उनी बिहान सौर्य एयरलाइन्सको नियमित उडानमार्फत् सुदूरपश्चिम आउन लागेका हुन्। ‘पार्टी अध्यक्ष ओली यहाँका विभिन्न ठाउँमा आयोजना हुने चुनावीसभामा सहभागी हुन आउँदै छन्,’ एमाले पोलिटब्यूरो सदस्य एवं कैलालीका सांसद नारदमुनी रानाले भने।

उनका अनुसार एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्। दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्।त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने छन्।

बेलौरीको चुनावी सभा सकेर दिउँसो ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम रहेको नेता रानाले जानकारी दिए। उनका अनुसार यी चुनावी सभामा पार्टी प्रवेश कार्यक्रमसमेत राखिएको छ।ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ। ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।तयारीको लागि जनपरिचालन समिति, मञ्च व्यवस्थापन, स्वयमसेवक व्यवस्थापन, यातायात व्यवस्थापन समिति र प्रचार प्रसार तथा मिडिया व्यवस्थापन समिति गठन गरिएको छ ।



बिहिबार २२, बैशाख २०७९ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal