५ वर्ष स्वयंसेवक भएर काम गर्नेछु हमाल

युग संवाददाता     486 पटक पढिएको    

५ वर्ष स्वयंसेवक भएर काम गर्नेछु हमाल

धनगढी  फागुन १९ सरकारले स्थानिय तहको निर्वाचनका लागी बैसाख ३० गते मिति तोकेसंगै बिस्तारै राजनितिक दलहरुले निर्वाचनमुखी कार्यक्रम गरिरहेका छन् । अहिले स्थानिय तहको निर्वाचनका लागी कस्तो ब्यक्ती रोज्ने, पार्टीले कस्तो ब्यक्तीलाई टिकट दिने लगायतको बहस सामाजिक सञ्जालमापनि निकै देखिन्छ ।


२०७४ सालको स्थानिय निर्वाचनमा ठुला दलका उम्मेद्वारहरुलाई पछार्दै दोश्रो स्थानमा पुगेका गोपाल हमाल काग्रेंसका नृप वडसित धनगढी उप महानगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका थिए । पार्टीका उम्मेदवारहरुलाई समेत पछारेका हमालले यसपालीपनि मेयरको उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेशको अस्थाई राजधानी भएको सहर तथा एक्लो उप महानगरपालिका धनगढी उप महानगरपालिकाको मेयरका लागी स्वतन्त्र उम्मेदवार बनेका छन् गोपाल हमाल । सुन्दर सुदूरपश्चिमका अभियानता समेत रहेका हमाल गत २०७४ सालको निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।

हमालले उम्मेद्वारी घोषणा गर्दै भनेका छन्
अघिल्लो निर्वाचनमा म दोस्रो भए । दोस्रो स्थानलाई पनि हामीले पहिलो स्थान नै ठानेर मैले पछिल्लो ४ बर्षमा धनगढीलाई कस्तो बनाउने भनेर योजना गरेर बिताए । कुनै दलकहाँ च्याखे थापेर अब त्यो दलमा गइहाल्नुपर्छ भन्ने मेरो सोच थिएन । आज पनि मलाई धेरै दलले आउन आग्रह गर्नुहुन्छ, तपाईंका लागि ढोका खुला छ, हामी मेयरको टिकट दिन्छौं पनि भन्नुहुन्छ । तर मैले दलमा गएर जित्नु र नजित्नुको कुनै अर्थ लाग्दैन । म या पार्टी नभएर धनगढी जित्नुपर्छ भन्ने मेरो धारणा हो ।

पछिल्लो ६ महिनामा म धेरै जनताको घरमा गए, चुनाव लडौँ या नलडौँ भनेर सुझावपनि मागे जतिका घरमा गए ति मध्ये अधिकाशंले मलाई स्वतन्त्रबाटै चुनाव लड्न सुझाव दिएपछि म आज स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्दै छु ।

यो अवधिमा जित्न त धेरैले जिते तर हाम्रो क्षेत्रले किन हारिरहेको छ भनेर मैले सोचे । र, दलबाट लड्ने होइन की स्वतन्त्र भएर लड्ने योजना बनाए । म हरेक धनगढीवासीको मत र विश्वासले जित्न चाहन्छु । धनगढी मात्र होइन यो भूगोलभन्दा बाहिर बसेका, जसले सुदूरपश्चिम र धनगढीलाई माया गर्नुहुन्छ, उहाँहरुलाई साथमा लिएर धनगढीको दिगो विकास गर्ने र सबैलाई न्याय गर्ने पक्षमा म उभिएको छु ।

म यहाँ कसैको पनि आलोचना गर्न चाहन्न । जस्तो राजनीतिक पार्टी छ मान्छे सोहीअनुसार ढल्ने हो । जता ओरालो त्यतै खोला जाने हो। अब यो ओरालो लागेको खोलाले त हामीलाई बगाएर लग्छ । त्यसैले, अब हामीले नयाँ कुराको सुरुवात गर्न आवश्यक छ ।

म एउटा कुराको प्रण गर्न चाहन्छ ु। मैले पहिले पनि भनेको थिए, म कुनै पनि किसिमको सुविधा धनगढी उपमहानगरपालिकाबाट लिदैन । एक रुपैयाँ पनि लिदैन । म उपमहानगरपालिकाको गाडी पनि चढ्दिन । मेयरले पाउने कुनै पनि किसिमको लाभ लिदैन । यसको अर्थ के हो भने, म भ्रष्टाचार र वेथिती हुन दिदैन । अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवत्तिमा कायम गरेर देखाउने छु । त्यो दृढ संकल्पका साथ अगाडि बढेको छु ।

हिजोको नगरपालिका भनेको एउटा ग्राभेल फाल्नमा मात्र सिमित थियो । अहिलेको नगरपालिका सम्पूर्ण सरकार हो । १० वर्षपछि यो सहर कस्तो हुने, ५० वर्षपछि कस्तो हुने, सरकारी विद्यालयलाई कसरी सुदृढ बनाउने, पर्यावरणको स्थिति कस्तो हुने, भौतिक पूर्वाधारको स्थिति के हुने, स्वास्थ्यको स्थिति के हुने लगायतका सम्पूर्ण जिम्मेवारी अहिले मेयरको नेतृत्वमा गठन भएको स्थानीय तह हो । त्यसकारणले त्यो स्थानीय तह तपाईं हाम्रो भाग्य विधता हो। यो कुरालाई हामीले बुझ्न आवश्यक छ । ०४६ सालभन्दा अगाडिको नगरपालिका होइन यो ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

यसै धनगढीले मलाईं यहाँसम्म पुगाएको हो । नाम र दाम पनि धनगढीबाटै प्राप्त भएको हो । ५ वर्ष धनगढीलाई स्वयमसेवकको रुपमा काम गरेर देखाउन मेरो इच्छा हो । म माटाको ऋण तिर्न चाहन्छु । मैले धनगढी मोडेल स्थापित गर्ने भनेको छु ।

जसरी भारतमा केजरिवालले दिल्ली मोडेल बनाए, गुजरातमा मोदीले बनाए। हामी धनगढी मोडेल नेपालको लागि प्रारम्भ गर्छौ । आजसम्म जति हाम्रा, उती राम्रा भन्ने छ । अब जति राम्रा उती हाम्रा हुन्छ । कसैलाई विभेद हुँदैन । काँग्रेस होस, कम्युनिष्ट होस, एमाले होस, माओवादी होस, राप्रपा होस अथवा कुनै दलमा नभएका व्यक्ति हुन् । सबैले समान न्याय पाउने छन्। मेरो जित सम्पूर्ण धनगढीवासीको जित हुनेछ ।

मैले बदमासी गरेको देख्नुभयो भने तपाईंहरुले मलाई कालोमोसो लगाउनु पर्दैन । म कालोमोसो लगाएर आफै बजार घुम्नेछु । यो मेरो अन्तिमपटक हो। पटकपटक अब लड्दैन । एकपटक तपाईहरुले मलाई मौका दिनुपर्छ । एकपटक मलाई परीक्षामा बस्न दिनुहोस्, पास भएन भने जे सजाय पनि भोग्न तयार छु । योजनाको विषयमा अनावश्यक आश्वासन दिएर अहिले नै ठगी गर्न चाहन्न । मेरो एउटै मात्रै लक्ष्य, धनगढीलाई बनाउने हो । त्यसका लागि आवश्यकताअनुसार सहकार्य गर्न तयार हुनेछु । जाँचमा बस्न दिने अवसर पाउने विश्वाससहित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु ।



बिहिबार १९, फागुन २०७८ ०८:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal