एमसीसी सम्झौता खारेजीको मागगर्दै धनगढीमा प्रदर्शन

युग संवाददाता     519 पटक पढिएको    

एमसीसी सम्झौता खारेजीको मागगर्दै धनगढीमा प्रदर्शन


धनगढी फागुन १२। एमसीसी सम्झौता खारेजीको मागगर्दै धनगढीमा प्रदर्शन गरिएको छ। एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा धनगढीमा पनि प्रदर्शन भएको हो ।


धनगढीमा ८ कम्युनिष्ट पार्टीले एमसीसीविरद्ध प्रदर्शन गरेका हुन् । आइतबार संसद्मा एमसीसी सम्झौता पेस हुनुअघिदेखि नै सत्ता गठबन्धनमा रहेर पनि एमसीसीको विपक्षमा रहेका विभिन्न दलका भातृ संगठनहरुले प्रदर्शन सुरु गरेका हुन् । धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको हो।कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरे। उनले अहिलेको सत्ता गठबन्धनको एजेण्डा एमसीसी होइन, केपी शर्मा ओलीको दम्भ तोड्नका लागि सत्ता गठबन्धन बनेको बताए। कोणसभालाई सम्बोधन गर्दै विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिले पनि एमसीसी देशको हितमा नभएकाले फिर्ता पठाइनुपर्ने बताएका छन्।उनीहरूले एमसीसी चाहिँदैन, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, लगायत एमसीसीको विरोधमा विभिन्न नारा लगाउँदै प्रदर्शन गरिएको माओवादी नेता रमेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले देशभर प्रदर्शन गर्दै आएका छन्।यस्तै आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्र‍ी शेरबहादुर देउवाले आग्रह गरेपछि भोलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको हो । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।गठबन्धन आवद्ध दलहरूबीच नै एमसीसीबारे एकमत छैन । गत आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी प्रस्तुत गरिएको थियो । बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।


 



बिहिबार १२, फागुन २०७८ ०४:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal