एलपीएल–६ को मुख्य प्रयोजनक धनगढी उपमहानगरपालिका

Yugnepal     516 पटक पढिएको    

एलपीएल–६ को मुख्य प्रयोजनक धनगढी उपमहानगरपालिका

धनगढी । फागुन २ गतेदेखि धनगढी स्थित संघिय प्रहरी इकाईको खेल मैदानमा सञ्चालन हुने एलपिएल–६ को मुख्य प्रयोजन धनगढी उप–महानगरपालिकाले गर्ने भएको छ । विद्यालय स्तरीमा सञ्चालन हुँदै आएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मुख्य प्रयोजन गर्ने गरी धनगढी उप–महानगरपालिका र आयोजक एलपिएल विच शुक्रबार सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले खेलाडीको सम्मानका लागि कार्यक्रममा सहभागिता जनाइएको बताए । उनले नगरका खेलाडीलाई व्यवसायीक बनाउन र खेल क्षेत्रबाट धनगढीलाई चिनाउन नगरले खेल क्षेत्रमा लगानी गर्दै आएको बताए ।

‘हामीले खेल क्षेत्रमा गरेको लगानीले प्रतिफल पाइरहेको छ,’ मेयर वडले भने, ‘सवै खाले खेलमा अहिले धनगढीका खेलाडीको राम्रो सहभागिता हुने गरेको छ, हामीले धेरै प्रतियोगिता पनि जित्दै आएका छौं ।’ मेयर वडले क्रिकेट, भलिबल, फुटबल लगायतका खेलमा धनगढी उप–महानगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

प्रतियोगिता विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा चलिरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको र अन्य आन्तरिक तयारी तिब्र पारिएको बताए । उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिने शाहीले बताए ।

यसैगरी प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का प्रहारको अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ । जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन् । आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उपकप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन् । प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४÷४ वटा खेल खेलाइन् छ ।



बुधबार २६, माघ २०७८ ०३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.