कैलाली उद्योग बाणिज्य संघको ५१ औ स्थापना दिवस एकाउन्न जनाद्धारा रक्तदान

युग संवाददाता     530 पटक पढिएको    

धनगढी माघ १८  कैलाली उद्योग बाणिज्य संघको ५१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

कैलाली उद्योग बाणिज्य संघले धनगढीमा रक्त संचार केन्द्रमा रगतको अभाबको समस्या मध्येनजर गर्दै रगतको आवश्यकतालाई परिपुर्ती गर्ने उदेश्य सहित स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो। उद्योग बाणिज्य संघको परिसरमा बिहान ९ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा ५१ जना जनाले रक्तदान गरेको कैलाली उद्योगबाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिइन्। रक्तदान कार्यक्रममा सर्बसाधारण, उद्योग ब्यवसायी, सुरक्षाकर्मी लगायत रक्तदाताहरुले रक्तदान गरेका छन्। कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बिगतका बर्षहरुमा बिभिन्न कार्यक्रम गरिरहेको अवस्थामा यस बर्ष कोरोना संक्रमणका कारण अन्य कार्यक्रम गर्न नसकिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।
अहिले रगतको चरम अभाब देखीएकाले बिभिन्न संघसंस्थाको सर सल्लाह अनुसार रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । उनले भने रगतका अभाबकै कारण बिरामीले मृत्युबरण गर्न नपरोस, जिवनरक्षाका लागी पुण्य काम हो।रक्तदान गर्नु जिवनदान जस्तै हो, एक पौइन्ट रगतले कसैको जिवनरक्षा हुन्छ भनेपछि रक्तदान एकमदमै आवस्यकता छ । यस्तो कार्यलाई निरन्तर भैरहनुपर्छ, र बिभिन्न संघसंस्था सरोकारबाला निकाय लाग्नुपर्छ उनले बताए  ।



मङ्गलबार १८, माघ २०७८ ०४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal