धनगढी माघ ८ न्यानोपनका लागी न्यानो लुगा बितरण कार्यक्रम नाम दिएर गत पुस महिनाको २४ गते बाट न्यानो लुगा बितरण कार्यक्रम सञ्चालन गर्नु भएका नेपाली कांग्रेस कैलालीका नेता, क्षेत्र न ४ का निबर्तमान सभापति समाजसेवी दिनेश राज जोशीले आज बिहीबार मात्रै गौरीगंगा नगरपालिका भित्रका ३ वटा वडामा १ सय ६६ जना बालबालिकालाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
समाजसेवी अभियन्ता एवं नेपाली काङ्ग्रेसका नेता दिनेशराज जोशीको संयोजनमा भएको कार्यक्रम नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ९ डोटेली कान्छा० को प्रमुख आतिथ्यतामा भएको थियो । गौरीगंगा नगरपालिकाको वडा न। १ चनौरामा रहेको केदारेश्वर आधारभुत विद्यालय बाट न्यानो कपडा बितरण कार्य सुरु भएको कार्यक्रम गौरीगंगा नगरपालिकाको वडा न ७ मटकौनामा रहेको सिंहासन आधारभूत विद्यालयमा र वडा न। ८ को लिक्मामा रहेको सिर्जनशील प्राथमिक विद्यालयमा अपांग ,अति बिपन्न,दलित जनजाति एवं एकल महिलाका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।
एलआरआई फाउन्डेसन काठमाण्डौंको सहकार्यमा न्यानो कपडा बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न।४ प्रदेश क उपसभापति भागीराम टमट्टा, प्रदेश महाधिवेशन प्रतिनिधि रमेश भाट,नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द ,नगर सचिब दिनेश कलेल, जिपी फाउन्डेसनका केन्द्रीय सदस्य यज्ञनिधि कोइराला , नेपाल महिला संघ कैलाली क्षेत्र न।४ का सभापति मेनका जोशी , नेपाली काङ्ग्रेसका युवा नेता खुसीराम चौधरी ,नेपाल शिक्षक संघ गौरीगंगा नगर सभापति प्रेमचन्द बोहरा ,नेपाल ट्रेड युनियन काङ्ग्रेसका नगर अध्यक्ष हर्कदेव जोशी , नेपाल शिक्षक संघका तुलाराम चौधरी , बुद्धि चौधरी ,नेपाली काङ्ग्रेस गौरीगंगा वडा न। ७ का सभापति हेमराज जोशी वडा न।८ का सभापति भगवानदिन चौधरी स्थानीय अभिभावक , विभिन्न विद्यालयका ब्यबस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
आज ज्ञटस्ज्ञघ बजे
ज्ञटस्ज्ञघ
क्गचबत च्बधबत
क्गचबत च्बधबत म्यतभष्पिबलअजजब
काङ्ग्रेस नेता जोशीद्वारा अपांगहरुलाई न्यानो लुगा बितरण
नेपाली कांग्रेस कैलालीका नेता नेपाली काङ्ग्रेस क्षेत्र न।४ का निबर्तमान सभापति युवा समाजसेवी दिनेशराज जोशीले आज शनिबार धनगढी उपमहानगरपालिका वडा न।१३ मा रहेको नेपाल अपांग संघको कार्यालय पुगेर त्यहाँ बसोबास गर्ने अपांगहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
न्यानोपनका लागि न्यानो लुगा बितरण कार्यक्रम नाम दिएर सामाजिक सेवाका लागि आफू बसोबास गर्ने गौरीगंगा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी एवं न्यानो कपडाको पहुँच भन्दा टाढा रहेकाहरुलाई एलआरआई फाउन्डेसनको सहकार्यमा न्यानो कपडा बितरण गरिरहनु भएका जोशीलाई नेपाल अपांग संघका सदस्य डबल साउँदले अपांग संघको बारेमा जानकारी गराएपछि अपांग संघकै कार्यालयमा पुगेर न्यानो कपडा बितरण गरेको बताउनु भयो । कपडा बितरण गर्दै समाजसेवी जोशीले अपांग संघलाई आफुले सक्दो खाद्यान्न लुगा कपडा सहयोग गर्ने प्रतिबद्धता पनि गर्नु भएको थियो ।
सो बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं लोक गायक सुरत रावत डोटेली कान्छा, नेपाली काङ्ग्रेस कैलालीका नेता सुरत कार्की , नेपाली काङ्ग्रेस गौरीगंगाका नगर सचिव दिनेश कलेल, नेपाल अपांग संघका डबल साउँद, शिक्षक अर्जुन बडैला लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस