धनगढीमा माग १८ गते हुने सुदूरपश्चिम महोत्सव स्थगित

युग संवाददाता     712 पटक पढिएको    

धनगढीमा माग १८ गते हुने सुदूरपश्चिम महोत्सव स्थगित


धनगढी,२८ पुस । धनगढीमा  माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने सुदूरपश्चिम महोत्सव विगत दुई वर्षदेखि कोभिड–१९ का कारण हुन सकेको छैन् ।यता जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेख अनिश्चितकालका लागि लागु हुने गरि मेला महोत्सव नगर्न आग्रह गरेको छ ।



बुधबार २८, पुष २०७८ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal