सुर्मा साइपालसहकारी संस्थाको अध्यक्षमा रेग्मी चयन

युग संवाददाता     666 पटक पढिएको    

सुर्मा साइपालसहकारी संस्थाको अध्यक्षमा रेग्मी चयन

धनगढी पुस १७। कैलालीको धनगढीमा सञ्चालित सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मदन रेग्मी चयन भएका छन् । रेग्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन भएको हो ।
सो सहकारीको उपाध्यक्षमा नवराज रेग्मी, सचिवमा ऐनबहादुर सिंह रहेका छन् । लेखा समिति सदस्यको संयोजकमा कृष्णराज जोशी चयन भएका छन् । जोशीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएको जनाइएको छ । 
एक हजार बढी सो सहकारीका शेयर सदस्य रहेका छन् । सो सहकारीका सबै सञ्चालक समिति निर्बिरोध चयन भएको अध्यक्ष रेग्मीले जानकारी दिए ।



शनिबार १७, पुष २०७८ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal