पहिलो चरणमै कांग्रेस सभापतिमा देउवाले जित्ने, यस्तो छ आँकडा

युग संवाददाता     572 पटक पढिएको    

पहिलो चरणमै कांग्रेस सभापतिमा देउवाले जित्ने, यस्तो छ आँकडा

 

काठमाडौं – मंसिर २६ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका ६ जना उम्मेदवार रहेका छन्। संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा नै सभापतिका उम्मेदवार छन्। देउवालाई निरन्तर साथमा रहेर सहयोग गर्दै आइरहेका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन्।

संस्थापनइतर समूहबाट दुईजना सभापतिको उम्मेदवार रहेका छन्। संस्थापनइतर समूहबाट डा। शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी दिइसकेका छन्। शेखर र प्रकाशमान दुवैले आ आफ्ना अडान नछोडेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छैनन्।

यस्तै शनिबार कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिमा मनोनयन दर्ता गराएका छन्। यद्यपी, न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएर देउवालाई सहयोग गर्ने बताइएको छ। १३ औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कृष्णप्रसाद सिटौलाले समेत यसपाली देउवालाई समर्थन गरेका छन्।

भोलि अर्थात सोमबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ। कांग्रेस सभापतिमा जित्न ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। यस्तो बेला कांग्रेसको सभापतिमा कसले बाजी मार्लारु टिकाटिप्पणी सुरु हुन थालेको छ। अनेक आँकडामा छलफल शुरु भएको छ।

जसले ५१ प्रतिशत मत ल्याउन सफल भयो उसलै सभापतिमा चुनाव जित्ने विधानको व्यवस्था छ। तर, कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पहिलो चरणमा ल्याउन नसकेमा शीर्ष मत ल्याउने दुई उम्मेदवार बीचमा फेरि मतदान गर्ने कांग्रेसको निर्वाचन सम्बन्धी व्यवस्था छ।

कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन्। ५ जना सभापतिको आकांक्षीहरु प्रतिस्पर्धामा उत्रिए कसले बाजी मार्लारु एक सर्वेमा प्रधानमन्त्री रहेका देउवाले नै योपटक पनि सभापति जित्ने देखिएको छ। देउवाले आफ्नो आँकडा देशभर कस्तो छ भन्ने बारेमा भित्री अध्ययन गरेपछि यस्तो रहस्य बाहिर आएको हो।


सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरेर गराएको अनुसन्धान सर्वेमा देउवा सबैभन्दा बलिया देखिएका छन्। अनुसन्धान विभागले तयार पारेको आँकडा अनुसार पहिलो चरणमै देउवाले ५१ प्रतिशत ल्याउनेदेखिन्छ। सातवटै प्रदेशको आँकडालाई जोड्दा देउवा निकै बलिया देखिएका हुन्।

कांग्रेस प्रदेश र केन्द्रका प्रतिनिधि छनोट उस्ताउस्तै र एउटै समयमा भएकाले प्रदेशको नतिजालाई आधार मानेर केन्द्रको मत विश्लेषण गर्दा सभापतिमा देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्ने आधार देखिएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा ७५ प्रतिशतभन्दा बढी मत पाउनसके भने यो प्रतिशत अझ बढ्नसक्ने बताइएको छ।

प्रदेश १ मा ७ सय ३७ महाधिवेशन प्रतिनिधिमा देउवा सिटौलाको पक्षमा ३७० भोट आउने अनुमान छ। यस्तै कोइराला, निधि, सिंह र गुरुङ मिलेको अवस्थामा ३ सय ६७ जनाले भोट हाल्नेछन्। यसरी १ नम्बर प्रदेशमा देउवा–सिटौला पक्ष बलियो रहेको बताइन्छ।

यस्तै प्रदेश २ मा आड सय ८ जना महाधिवेशन प्रतिनिधि रहेकोमा देउवा–सिटौलाको पक्षमा ३२० जना खुलेका छन् भने बाँकी ४८८ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेका छन्। २ नम्बर प्रदेशमा देउवा–सिटौला पक्ष कमजोर छ।

बागमती प्रदेशमा ३३ क्षेत्रमा आठ सय ८० महाधिवेशन प्रतिनिधिमा देउवा–सिटौलाको पक्षमा ४८० जना र बाँकी ४०० जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेको सर्वे गरिएको छ।

गण्डकी प्रदेशका १८ क्षेत्रका ४७७ महाधिवेशन प्रतिनिधिमध्ये देउवा–सिटौलाको पक्षमा २५२ र बाँकी २२५ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा खुलेका छन्।

लुम्बिनी प्रदेशका २६ क्षेत्रका ६८३ महाधिवेशन प्रतिनिधिहरुमध्येमा देउवा–सिटौलाको पक्षमा २७४ र बाँकी ४०९ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेको गुप्तरी निकाय राष्ट्रिय अनुसन्धान विभागले गरेको सर्वेमा उल्लेख छ।

त्यसैगरी कर्णालीका १२ क्षेत्रका ३१६ प्रतिनिधिमा देउवाको पक्षमा २०५ र बाँकी १११ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेको बताइएको छ। सुदुरपश्चिममका १६ क्षेत्रको ४१८ महाधिवेशन प्रतिनिधिमा देउवाको पक्षमा ३१३ र बाँकी १०५ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा छन्।

त्यस्तै केन्द्रीय समिति अन्तर्गत रहेका १०३ जना महाधिवेशन प्रतिनिधिहरुमध्ये ५२ जना देउवा–सिटौलाको पक्षमा र बाँकी ५१ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा रहेको बताइएको छ। गुप्तचर विभागका अनुसार भातृ संघका १२६ जना महाधिवेशन प्रतिनिधिहरुमध्ये ७६ जना देउवाको पक्षमा र बाँकी ५० जना कोइराला, निधि र सिंहको पक्षमा खुलेका छन्।

यसैगरी जनसम्पर्क समिति अन्तर्गत रहेका १९५ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये ९७ जना देउवा–सिटौला पक्षमा खुलेका छन् भने बाँकी ९८ जना कोइराला, निधि, सिंह र गुरुङको पक्षमा खुलेको गुप्तचर विभागले गरेको सर्वेमा उल्लेख छ।

यसरी हेर्दा कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिका वीचमा रहेर गरिएको उक्त अनुसन्धान सर्वेमा देउवाको पक्षमा २ हजार ४३९ अर्थात ९५१।४२० प्रतिशत प्रतिनिधि रहने देखिएको छ। त्यस्तै २ हजार ३०४ जना अर्थात ९४८।५७० प्रतिशत कोइराला, निधि, सिंह र गुरुङको पक्षमा देखिएका छन्।

यो हिसावले देउवाले पहिलो चरणमा नै चुनाव जित्ने प्रक्षेपण गरिएको छ। यधपी प्रदेश नम्वर २ र लुम्बिनीमा महाधिवेशन प्रतिनिधि चलायमान हुँदै केहीले गुट परिवर्तन गर्न सक्ने अनुमान पनि गरिएको छ। यस्तो अवस्थामा पनि देउवाले पहिलो चरणमै चुनाव जित्ने प्रक्षेपण उक्त अनुसन्धान सर्वेमा गरिएको छ।



आइतबार २६, मङि्सर २०७८ ०३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.