जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह

युग संवाददाता     817 पटक पढिएको    

जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह

धनगढी मंसिर २३ जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरेको छ । मंसिर २१ गते बसेको जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र डिसिएमसीको बैठकले कोभिड(१९ को तेस्रो लहर ओमिक्रोनको संक्रमण रोकथामका लागि सबैले सर्तक रहन आग्रह गरेको छ ।


प्रशासनले कुनै पनि मठ मन्दिर, गुम्वा, चर्च, मस्जिद, गुरुद्वारा लगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थानहरूमा हुने नित्य पूजा र पाठ, आराधना बाहेकका मानिस भेलाजम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन, कीर्तन, विवाह, व्रतवन्ध लगायतका कुनै पनि कार्य गर्दा सर्वसाधारणले स्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालन गर्न आग्रह गरेको हो ।  यस्तै प्रशासनले  कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई जनस्वास्थ्य कार्यालय कैलालीसँग समन्वय गरी खोप लगाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरूको आगमनलाई व्यवस्थित गर्ने, नाकाहरूमा सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालय कैलालीबाट स्थापना गरिएको हेल्थडेक्सलाई थप व्यवस्थित बनाई नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको चेकजाँच गरी अभिलेख राख्ने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।



बिहिबार २३, मङि्सर २०७८ ०२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal