कैलालीका १२० वडामा  अधिवेशन  सम्पन्न गोदावरी  वडा नवर ६ मा  स्थगित

युग संवाददाता     884 पटक पढिएको    

कैलालीका १२० वडामा  अधिवेशन  सम्पन्न गोदावरी  वडा  नवर ६ मा  स्थगित


 धनगढी २८  नेपाली कांग्रेस कैलाली  जिल्लाका १३ वटै स्थानीय  वडा अधिवेशन   सम्पन्न भएको छ। भने गोदावरी नगरपालिका वडा न ६ मा भने स्थगित भएको  प्रचारप्रसार समितिका संयोजक निर्प बहादुर सुनारले जानकारी दिएका छन् । जिल्लाका सबै वडा भने अधिवेशन सम्पन्न भएको पनि बताए। 

कांग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार १२६ वडा रहेको कैलालीमा १२० वडामा अधिवेशन सम्पन्न भएको छ। ‘अधिवेशन सम्पन्न भएका वडामध्ये ९१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘बाँकी वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ।’

सुनारका अनुसार टीकापुर नगरपालिका–१, बर्दगोरीया–२, लम्की– १, गोदावरी– ६, जोशीपुर–१  मा नेतृत्व चयन बाँकी रहेको छ। उनले गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा मतदान हुन बाँकी रहेको बताए । 

कैलालीको मध्यवर्ती क्षेत्र वर्दगोरीया गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको बताउँदै सुनारले क्षेत्रीय प्रतिनिधिमा भने विवाद भएको जानकारी दिए। यस्तै टीकापुर नगरपालिका–१ र लम्की चुहा नगरपालिका–१ को मत परिणाम आउन बाँकी रहेको सुनारले बताए। 



आइतबार २८, कार्तिक २०७८ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal