समानन्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

युग संवाददाता     804 पटक पढिएको    

समानन्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित


धनगढी भदौ २५ माधव विवाद हुँदा गठन भएको माधव नेपाल पक्षिय कैलाली जिल्ला स्तरिय समानन्तर कमिटी नै नेकपा एकीकृत समाजवादी मा समाहित भएको छ।
शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल पक्षिय नेकपा एस मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए।

एमालेका निर्वाचित अध्यक्ष दीर्घ सोडारी अध्यक्ष रहेको १ सय ५१ सदस्यीय समानान्तर कमिटी नेकपा ९एस० मा गएको हो। एमाले कालमा सोडारीसंगै निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन्। सो ९६ सदस्यीय कमिटीका ५८ जना नेकपा ९एस० मा गोलवद्ध भएको बताइएको छ।

एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा एस मा आएको सचिव जोशीको दावी छ। यसैवीच शुक्रबार नै नेकपा एस को प्रथम बैठक बसेको छ। केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति छ।



शनिबार २६, भदौ २०७८ ०६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal