नगर सभापति वडामै पराजित

युग संवाददाता     701 पटक पढिएको    

नगर सभापति वडामै पराजित


बैतडी दशरथचन्द नगरपालिकाका नगरसभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्। नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए।

चन्द चन्द्रसिंह थापासँग ४ मतअन्तरले पराजित भएका मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गरेका छन्। पराजित भएसँगै चन्दको १४ औं महाधिवेशनको यात्रा वडा तहमै समाप्त भएको हो।उनी जिल्ला समन्वय समितिका सदस्य समेत हुन्।



बिहिबार २४, भदौ २०७८ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal