श्रीलंका–दक्षिण अफ्रिका सिरिज स् दक्षिण अफ्रिकाको जितसँगै सिरिज बराबरी

Yugnepal     593 पटक पढिएको    

श्रीलंका–दक्षिण अफ्रिका सिरिज स् दक्षिण अफ्रिकाको जितसँगै सिरिज बराबरी


एजेन्सी

कोलम्बो – घरेलु टिम श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । कोलम्बोमा शनिबार राति दक्षिण अफ्रीकाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा ६७ रनले पराजित गरेको हो ।

यस जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रीकाले १–१ को स्थितिमा ल्याएको छ । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको थियो । दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो ।

श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे । दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए । कागिसो राबडाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले । रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २(२ विकेट लिए ।



मङ्गलबार २२, भदौ २०७८ १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.