नेपाल औषधी  ब्यवसायी संघको प्रदेश अध्यक्षमा बम

युग संवाददाता     817 पटक पढिएको    

नेपाल औषधी  ब्यवसायी संघको प्रदेश अध्यक्षमा बम


धनगढी साउन ३० नेपाल औषधी  ब्यवसायी संघ सुदूरपश्चिम प्रदेशको प्रथम भेलाले पृथ्बी बमको अध्यक्षतामा निर्बिरोध प्रदेश कार्यसमिति चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा फोनिराम चौधरी,उपाध्यक्ष थोकमा टेकनारायण पौडयल,उपाध्यक्ष खुद्रामा कैलाशचन्द्र भट्ट,महासचिब गजेन्द्र लेखक,कोषाध्यक्षमा दिनेश चौधरी,सह कोषाध्यक्ष साहिबा राना र सचिवमा रामबहादुर चौधरी चयन भएका छन ।
कार्यसमितिको सदस्यहरुमा भगवतीदास चौधरी,जितराज भट्ट,शंकर शर्मा,घनश्याम कलौनी,डोगांली चौधरी रहेका छन ।
कार्यक्रमको उदघाटन कार्यक्रमा बोल्दै नेपाल औषधी ब्यवसायी संघका केन्द्रय अध्यक्ष मृगेन्दमेहर  श्रेष्ठले अहिलेको जटिल अवस्थामा औषधी ब्यवसायीको महत्वपुर्ण भुमीका रहेको बताए ।  साथै उहाँले  संघले ब्यवसायीका हकअधिकार बारेमा बिगत देखि आवाव उठाउदै आएको र आगामी दिनमा समेत आवाज उठाउने बताए ।
कार्यक्रमा संघका केन्द्रीय  बरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवाल, उपाध्यक्ष सुलि श्रेष्ठ र रामप्रसाद खरेल  महासचिब रामचन्द्र शर्मा लगायत केन्द्रिय सदस्य गया प्रसाद कुस्मी, डोटी,बाजुरा,अछाम र बझाङ संयुक्त शाखाका अध्यक्ष हिक्मत सिह चोप्डा लगायतले बोल्नु भएको थियो ।
प्रथम भेलामा चार शाखा र दुई अञ्चल शाखाका ६८ जना प्रदेश प्रतिनिधीको सहभागीता रहेको थियो ।



शनिबार ३०, साउन २०७८ ०६:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal