पानी निकास नहुदा नगरक्षेत्रका अधिकांश वस्ती जलमग्न

युग संवाददाता     764 पटक पढिएको    

पानी निकास नहुदा नगरक्षेत्रका अधिकांश वस्ती जलमग्न

धनगढी साउन २८ अविरल वर्षापछि धनगढीका अधिकांश भाग जलमग्न भएका छन्। पानीको सहज निकास नहुदा नगरक्षेत्रका अधिकांश वस्ती जलमग्न भएका हुन्। थुप्रै वस्तीमा घरभित्र पानी पसेको छ।

धनगढी उपमहानगरपालिका–२ कृष्णटोल, वडा नम्बर ३ को मिलनचौक,बिशालनगर, वडा नम्बर ४ को बसपार्क पछाडि, वडा नम्बर १ को शिवनगर र वडा नम्बर ७ क्याम्पस रोड, ८,९,१२ र का पनि अधिकांश वस्ती डुबानमा परेका छन्।

यसैगरी सुदूरपश्चिम प्रदेश सभाको परिसर र आन्तरिक मामिला मन्त्रालय परिसरमा पनि जलमग्न भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले धनगढीको अधिकांश वस्ती जलमग्न भएपनि मानवीय क्षति नभएको जानकारी दिए।



शुक्रबार २९, साउन २०७८ ०३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal