भौतिक पुर्बाधार विकास मन्त्री सोडारीद्वारा पक्की पुल  उद्घाटन

युग संवाददाता     1792 पटक पढिएको    

भौतिक पुर्बाधार विकास मन्त्री सोडारीद्वारा  पक्की पुल  उद्घाटन

घुराह पक्की पुलको मन्त्री सोडारी द्वारा उद्घाटन 

    धनगढी साउन २४ कैलालीको कैलारी गाउपालिका वडा नम्बर ६ घुराह खोलामा पक्की पुल निर्माण भएको छ । पुलको आइतबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार विकास मन्त्री दिर्घ सोडारीले  उद्घाटन गर्नु भयो हो । 
मन्त्री सोडारीले उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशमा भौतिक पुर्बाधारका कामले तीव्रता पाएको बताउदै उहाँले प्रदेश सरकार कहाँ गयो भनेर प्रश्न गर्ने लाई घुराह पुल निर्माणले  जवाफ दिएको बताउनु भयो । 
 संघीयता मन नपराउने हरुले खै प्रदेश सरकार कहाँ गयो भन्नू हुन्छ, हेर्नुस् प्रदेश सरकार यहाँ छ, यसरी जनताका काम गर्दै छ, ।  राजिपुर,गदरिया, फुलबारी जोड्ने सडक खण्डमा पर्ने उक्त नदिमा प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तरगत आर्थिक बर्ष २०७६र०७७ मा २ बर्ष काम सम्पन्न गर्ने गरि  निर्माण सम्झौता भएको भएपनि १७ महिनामै निर्माण भएको हो ।  
१ सय ८ मिटर लम्बाइ रहेको उक्त पुलको लागत अनुमान १७ करोड भए पनि ठेक्का प्रक्रियामा १३ करोड ५२ लाखमा निर्माण गर्न रसुवा जयबिस्णु जेभीले  सम्झौता गरेको पुर्बाधार कार्यलय कैलालीका प्रमुख श्याम खड्काले जानकारी दिनु भयो ।  
उद्घाटन कार्यक्रममा प्रदेश सभा बिद्द्यान समिति  सभापति नेपालु चौधरी ,  प्रदेश सभा सद्स्य शुशिला बुढाथोकी, कैलारी गाउपालिका अध्यक्ष लाजुराम चौधरी, जनता समाजबादी पार्टिका केन्द्रिय सदस्य होरिलाल चौधरी, वडाध्यक्ष्य प्रेम चौधरी लगाएतकाले  शुभकामना मन्तब्य राखेका थिए ।



आइतबार २४, साउन २०७८ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal