हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र जवान मृत फेला

युग संवाददाता     735 पटक पढिएको    

हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र जवान मृत फेला


धनगढी साउन २० कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जनाव मृत फेला परेका छन्।
सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत जिल्ला डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष ३१ को सशस्त्र प्रहरी जवान हरिष कुमार शाही सोही कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन्।

सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीका एसपी दिपेन्द्र कुँवरले शाहीलाई शारिरिक रुपमा कमजोर र छारे रोगको विरामी भएकाले डियुटी खटाएको बेला भव्यतव्य भएर मृत्यु भएको बताए। एसपी कुँवरका अनुसार शाहीका आफन्तले शव बुझेर डडेल्धुरा लिने कार्य भईरहेको बताए।



बुधबार २०, साउन २०७८ ०२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal